सिटिजन्स बैंकले ४ लाख ६३ हजार कित्ता एफपिओ निष्कासन गर्ने

Apr 04, 2018 merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले ४ लाख ६३ हजार ८२६ कित्ता थप साधारण सेयर (एफपिओ) निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१:४९ प्रतिशत कायम गर्न एफपिओ जारी गर्न लागेको हो ।

हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । बैंकले एफपिओ मार्फत संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१:४९ प्रतिशत कायम गर्न  लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन क्षेष्ठले मेरो लगानीलाई जानकारी दिए ।

बैंकले निष्कासन गर्ने एफपिओको प्रत्याभूति सिभिल क्यापिटल लिमिटेडले गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा बुधबार सिभिल क्यापिटलका प्रमुख कार्यकारी सुमन आर्चाय र बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी रामधन क्षेष्ठले हस्ताक्षर गरे ।

बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता थप साधारण सेयर ग्लोबल आइएमई क्यापिटल मार्फत बिक्री गर्ने जनाएको छ । एफपिओ पछि बैंकको चुक्तापूँजी ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ ।

comments powered by Disqus