नागरिक लगानी कोषको बोनस समायोजनपछि कति कायम भयो सेयर मूल्य ?

Apr 05, 2018 merolagani

नागरिक लगानी कोष (CIT) को २२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २५३. रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कोषको औसत आधार मूल्य भने २ हजार ७८५ रुपैयाँ छ ।

नागरिक लगानी कोषले बैशाख ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सभा बोलाएको छ ।

कोषले २२ प्रतिशत बराबरको १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ बोनस तथा १.१५ प्रतिशत नगद बराबरको ८५ लाख ७१ हजार ४८८ रुपैयाँ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने छ ।

हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २७२ रुपैयाँ पुग्नेछ । कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।