काबेली विकास बैंकको ४५ हजार कित्ता संस्थापक सेयरमा लिलामी अावेदन खुल्यो

Apr 10, 2018 Merolgani

काबेली विकास बैंक (KEBL) ले चैत्र २७ मंगलबारदेखि संस्थापक समूहको ४५ हजार ३५१ कित्ता सेयर लिलाम बढाबढमा राखेको छ । बैंकले यसअघि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा अवितरित संस्थापक सेयर लिलामी गर्न लागेको हो ।

लिलामीमा आवेदन गर्न इच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलबाट ०७५ बैशाख ४ गतेसम्म बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, विराटनगर, सुर्खेत, धनगढी, सभागृह चोक पोखरा, मिलन चोक बुटवल र त्रिभुवन चोक नेपालगञ्जबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

लिलामीका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा आवेदन दिन सक्नेछन् ।

बैंकको साधारण सेयर सोमबार प्रतिकित्ता सेयर मूल्य २७२ रुपैयाँमा कारोबार भएको छ । काबेली विकास बैंकले माउण्ट मकालू डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रकृयामा समेत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।