सिटिजन्स बैंक एफपिओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

Apr 15, 2018 merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले एफपीओ निष्कासनको अनुमति माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ । बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्नेछ ।



संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।

एफपिओ निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बैंकले निष्कासन गर्ने एफपिओको प्रत्याभूति सिभिल क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

एफपिओ पछि बैंकको चुक्तापूँजी ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।