युनाइटेड इन्स्योरेन्सका सेयरधनीलाई २४० प्रतिशत हकप्रदको भारी

Apr 16, 2018 merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले बीमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन २४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

कम्पनीले दश सेयर बराबर २४ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रद नियमनकारी निकायबाट स्वीकृत भएपश्चात कम्पनीको आगामीको साधारणसभाले पारित गरेपछि मात्र बिक्रीमा आउनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष चार करोड ९० लाख ८५ हजार रुपैयाँ ऋणात्मक छ । उक्त अवधिमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै ६ महिना अवधिमा कम्पनीले १७ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जुन गत बर्षको तुलनामा दुई करोड ४६ लाख रुपैयाँ कम हो । त्यस्तै कूल बीमा शूल्क ६ करोड ६३ लाख रुपैयाँ घटेर २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको जारी बीमालेख संख्या ३५ हजार ६६४ रहेको छ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक २६ रुपैयाँ ८८ पैसा रहेको छ । उसको बीमा कोषमा १९ करोड ५४ लाख रुपैयाँ तथा महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।