एनआईसी एशिया बैंकको कार्ड प्रयोग गर्दा ५ देखि ५० प्रतिशतसम्म छुट पाइने

Apr 16, 2018 Merolagani

एनआईसी एशिया बैंक(NICA) ले आफ्ना ग्राहकलाई बैंकको आफ्नो डेविट एवं क्रेडिट कार्ड प्रयोग गर्दा ५ देखी ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकले नयाँ वर्षको उपलक्ष्यमा विशेष छुटको सुविधा दिने घोषणा गरेको हो ।

ग्राहकले बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा/वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने बताएको हो । 

हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । बर्षभरी उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभपुग्ने विश्वास बैंकले छ । 

बैंकको वासलातको आकार १५६ अर्ब, कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३४ अर्ब पुगिसकेको छ । सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बैंकको १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।