आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटल बिच नगद रहित सेवा सम्झौता

Apr 17, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम आइएमई जनरल इन्स्योरेन्समा औषधोपचार बीमा सेवा खरिद गरेका ग्राहकले बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरे ।

इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगद रहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

नर्भिक हस्पिटलले आफ्ना ग्राहकहरुलाई तथा अस्पतालँंग आवद्ध सदस्यहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन आव्हान गरेको थियो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।