मर्जर सम्झौता गरेको १५ महिनापछि मेगा र टुरिजमले पाए अन्तिम स्वीकृति

Apr 20, 2018 merolagani

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक ले एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १५ महिनापछि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए ।


विहीबार बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले दुई बैंकलाई गाभिन अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र बैंकबाट पत्र प्राप्त भएपति बैंकले २१ दिनको सुचना प्रकाशित गरेर औपचारिक रुपमा गाभिएको निर्णय गर्ने छ।

मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो। दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।