कामना सेवाले साढे ८ लाख कित्ता सेयर लिलामी गर्ने

Apr 20, 2018 Merolagani

कामना सेवा विकास बैंक(KSBBL) को संस्थापक र साधारण गरि ८ लाख ४९ हजार ९६३ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले गत माघ १५ गतेदेखि चैत ५ गतेसम्म जारी गरेका १५ प्रतिशत हकप्रदमा साे परिमाण बिक्री नभएपछि लिलामी गर्ने भएको हो ।

कामना सेवा विकास बैंकको चैत ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले निष्काशित ३० लाख ९४ हजार १५४ कित्ता हकप्रदमध्ये ३२ हजार २२२ आवेदकलाई २२ लाख ४४ हजार १९१ कित्ता हकप्रद बाँडफाँड गरेको बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

बैंकको बिहिबार सेयरमूल्य  प्रतिकित्ता १७० रुपैयाँमा कारोबार भएको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।