सप्तकोशीको नाफा ४९ प्रतिशतले बढेपनि पूँजीवृद्धिको असर प्रतिसेयर आम्दानीमा

Apr 22, 2018 merolagani

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को खुद नाफा ४९ प्रतिशतले बढेको छ । बैंकले चैतमसान्तसम्ममा २ करोड ४८ लाख खुद नाफा आर्जन गरेका छ ।


गतबर्षको यसै अवधिमा बैंकले एक करोड ६६ लाख खुद नाफा गरेको थियो । संचालन मुनाफा र खुद ब्याज आम्दानीमा भएको बढोत्तरी र खराब कर्जा असलुीमा सुधार आएपछि बैंकको खुद नाफा बढेकोे हो ।

बैंकको चुक्ता पूँजी ५० करोड ८५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ६४ लाख राखेको छ । गतबर्षको २१ करोड रहेको पूँजी बैकले हकप्रद र बोनसबाट ५० करोड पुर्याएको छ । पूँजी बढेको अनुपातमा भने बैंकको प्रतिसेयर आम्दानी खस्केको छ ।

यसअवधिमा बैंकको निक्षेप ३९ प्रतिशत तथा कर्जा तथा सापटी ५९.७६ प्रतिशले बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशत र संचालन मुनाफा ४७.९२ प्रतिशतले बढेको छ ।

बैंकको निष्क्रिय कर्जा ०.५० प्रतिशत, प्रतिसेयर नेटवर्थ १०९.१४ पैसा तथा प्रतिसेयर आम्दानी ४.८९ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।