जोखीम व्यवस्थापन खर्चले स्वदेशी लघुवित्तको खुद नाफा सामान्य बढ्यो

Apr 22, 2018 merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (SDESI) ले २ करोड ५० लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२५ प्रतिशत बढी हो ।



सञ्चालन मुनाफा घटेपनि खराब कर्जा संकलन गर्न सफल भएपछि कम्पनीको नाफा बढ्न पुगेको हो । तर कम्पनीको सम्भावित जोखिम व्यवस्थापनको खर्च भने अत्याधिक बढेको छ । लघुवित्तले उक्त शिर्षकमा चार करोड ९० लाख राखेको छ ।

कम्पनीको चुक्ता पूँजी ११ करोड छ भने जगेडा कोषमा ३ करोड ७६ लाख राखेको छ । कम्पनीको निक्षेप १०४.१५ प्रतिशत र कर्जा तथा सापटी ६८.४४ प्रतिशतले बढेको छ ।

त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी १८.९८ प्रतिशत बढेको छ । कम्पनीको सञ्चालन मुनाफा भने ८३.५९ प्रतिशले घटेको छ । सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा १.५१ प्रतिशत र सिडि रेशियो ९२.७७ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।