नेशनल माईक्रोफाइनान्सको चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै

Apr 22, 2018 Merolagani

९ महिनामा कमायो चुक्ता पूँजीको आधा नाफा
धादिङ्गको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको बाह्र करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेशनल माईक्राफाइनान्स (NMFBS) को जगेडा कोष चुक्ता पूँजीभन्दा दुई करोड बढी १४ करोड ५३ लाख रुपैयाँ रहेकाे छ ।

चालू आवको ९ महिना अवधिमा लघुवित्तले ६ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ५८ पैसा कायम गरेको छ । कम्पनीले गत बर्ष १० करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा अहिले १२ करोड १३ लाख गरेको छ ।  

लघुवित्तको निष्कृय कर्जा अनुपात भने ह्वात्तै बढेको छ । गत आवको तेस्रो त्रैमासमा ०.५६ प्रतिशत रहेको खराब कर्जा बढेर १.३० प्रतिशत पुगेको छ । जसले कम्पनीलाई थप एक करोड रुपैयाँ सम्भावित कर्जा जोखिम कोषमा व्यवस्था गर्नुपरेको छ । गत बर्ष कम्पनीले ५३ लाख मात्र व्यवस्था गरेको थियो ।

लघुवित्तको कर्मचारी खर्च एक करोड ६२ लाख बढेर चार करोड ८२ लाख पुगेको छ जसलाई कटौती गर्न सकेमा बैंकको नाफा थप बढ्ने देखिन्छ ।

 

लघुवित्तले ६० करोड ८२ लाख निक्षेप संकलन गरि दुई अर्ब २२ करोडको कर्जा प्रवाह गरेको छ । कम्पनीको ब्याज आम्दानी १० करोडले बढ्दा ब्याज खर्च ८ करोडले बढेको छ । निक्षेप लागत ५.९९ प्रतिशतबाट ९.३१ प्रतिशतमा बढेको छ । 

पूँजी कोष अनुपात २ प्रतिशतले कमी आए।र १२.१६ रहेको कम्पनीको तरलता अनुपात १२.१२ प्रतिशत रहेको देखिन्छ । प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ७६ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।