आधा सतक बढेको बजारमा २० कम्पनीका सेयरधनीले कमाए झण्डै १० प्रतिशत

Apr 22, 2018 Merolagani

सेयर बजारमा देखिएको उच्च अंकको सुधारसँगै धेरै कमाउने कम्पनीको संख्या पनि वृद्धि हुँदै जान थालेको छ । साताको पहिलो कारोबार दिन आइतबारको सेयर बजारमा झण्डै दुई दर्जन कम्पनीको सेयरधनीले ९ प्रतिशत बढीले नाफा कमाएका छन् ।

आइतबार अरुण काबेली हाइड्रोपावर कम्पनी, एनएमबि माइक्रोफाइनान्स, र राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण दुबैको सेयरमूल्यमा १० प्रतिशतको उछाल आएको छ । 

त्यसैगरि नेशनल माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स,वोमी माइक्रोफाइनान्स,सेन्ट्रल फाइनान्स, काबेली विकास बैंक, अपि पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रोगेसिभ फाइनान्सको सेयरमूल्य साढे ९ प्रतिशतले बढ्यो ।

९ प्रतिशत भन्दा बढी नाफा कमाउने अन्य कम्पनीहरुमा हिमालयन पावर पार्टनर, रिलायन्स फाइनान्स, समीट माईक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, कालीका माईक्रोक्रेडिट लघुवित्त र स्वरोजगार लघुवित्त समेत परेका छन् ।

 

काराेबारमा अाएका १६७ कम्पनीमध्ये ११ कम्पनीकाे मात्र सेयरमूल्य घटेकाे छ । अाइतबार गुमाउने कम्पनीहरूमा धेरै हाइड्राेपावर कम्पनी छन् । रिडी  र ङादी हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा बढी ३ प्रतिशतले घटेकाे छ ।  सिनर्जी पावर, नेपाल हाइड्राे डेभलपर कम्पनी, छ्याङ्दी हाइड्राेपावर, एनअाइबिल प्रगति फण्ड,सिर्जना फाइनान्स, करर्पाेरेट डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट र नबिल इक्विटी फण्डका लगानीकर्ता पनि गुमाउने सूचीमा परे । 

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।