हप्ता दिनमै लगानीकर्ताको सम्पत्ति १८६ अर्बले बढ्यो, अर्ब कारोबारमा 'ह्याट्रिक'

Apr 22, 2018 merolagani

बजारमा देखिएको उछाल बारे के भन्छन् लगानीकर्ता ?
नयाँ बर्ष ०७५ लागेपछि साता दिनको सेयर कारोबारमा लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्बले बढेको छ । यसबीचमा नेप्से १५८ अंकले बढेर १४३८ अंकमा पुगेको छ भने समग्र बजार पूँजीकरण १६ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तीन दिन लगातार एक अर्ब बढीको कारोबार भएको छ ।

आइतबार नेप्सेमा भएको कारोबार रकम गत साउन ११ गते यताको सबैभन्दा उच्च रकम हो । गत साउनमा एक अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो । त्यस्तै गत वैशाखमा ६ दिन नेप्सेमा एकैदिन एक अर्ब बढीको कारोबार भएको थियो ।

नयाँ बर्षको पहिलो कारोबार दिन वैशाख २ गते समग्र बजार पूँजीकरण १५ खर्ब एक अर्ब रहेको थियो । त्यसपछि निरन्तर बजार बढ्दा ५ कारोबार दिनमै वैशाख ९ गते समग्र बजार पूँजीकरण १६ खर्ब ८७ अर्ब पुगेको छ । साता दिनभित्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्ब रुपैयाँले बढेको हो ।

 

वैशाख २ गते १२८० अंकमा रहेको नेप्से वैशाख ९ गतेसम्म आईपुग्दा १४३८ अंकमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से सूचक १५८ अंकले उकालो लागेको छ । यसबीचमा कारोबार रकम समेत निरन्तर बढ्दै गएको छ । वैशाख २ गते नेप्सेमा ३१ करोडको कारोबार भएको थियो ।

वैशाख ९ गते एक अर्ब २३ करोडको कारोबार भएको देखिन्छ । पाँचमध्ये तीन कारोबार दिन एक अर्ब भन्दा बढीको सेयर किनबेच भएको देखिन्छ । पछिल्लो तीन दिन लगातार नेप्सेमा अर्ब बढीको कारोबार भयो ।

 

बजारमा देखिएको उछाल बारे के भन्छन् लगानीकर्ता ?

तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भईरहँदा लगानीकर्ताहरु कम्पनीहरुको प्रगति विवरणप्रति आशावादी भएको देखिन्छ । यसबीचमा वित्तीय विवरण प्रकाशित गरेका पाँच वाणिज्य बैंकहरुको प्रगति सन्तोषजनक नै रहेको छ । जसले गर्दा पनि लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ ।

लगानीकर्ता रमेश ढुंगाना अहिलेको बजारको वृद्धि स्वभाविक रहेको बताउँछन् । उनका अनुसार सेयरबजारमा दिनप्रतिदिन सक्रिय लगानीकर्ताको संख्या बढ्दै गएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको हो। 'अनलाईन कारोबार तयारी, तरलताको संकटको अवस्थामा पनि कम्पनीहरुले प्रकाशित गरेका आशालाग्दो वित्तीय विवरणले लगानीकर्ता हौसिएकाले बजारमा सकारात्मक प्रभाव परेको ' उनले बताए ।

त्यस्तै एक सेयर व्यवसायीले वैशाख महिना शेयर खरिदको सिजन भएकाले रौनक बढेको भन्दै सरकारको नीति तथा कार्यक्रम सकारात्मक आउने आशामा पनि लगानीकर्ता उत्साहित भएको बताए । उनका अनुसार सबै उप-समूहरुमा एकनासको वृद्धिले नयाँ लगानीकर्ताहरु पनि बजारमा प्रवेश गर्नाले बजारमा तेजी आएको हो ।

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी ध्रुब तिमिल्सीना भने बजारमा उछाल आउने कुनै खास कारण नभएको बताउँछन् । 'पहिला जसरी बजार घट्यो अहिले त्यसैगरी बढीरहेको छ । बजारमा के भईरहको छ अनुसन्धानको बिषय नै बनेको छ ।' उनले भने ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।