मञ्जुश्री फाइनान्सको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Apr 25, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) ले चैत्र ६ गते देखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत हुन आउने ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

मञ्जुश्री फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

हकप्रदमा फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीले ०७५ बैशाख १२ गतेसम्म सि आस्वा प्रणालीमा सहभागि सबै बैंक तथा वित्तीय संस्था मार्फत आबेदन दिन सक्नेछन् ।

त्यस्तै क्यापिटलको शाखा कार्यालयहरु लालदरबार, लगनखेल र चिप्लेढुङ्ग पोखरा तथा मञ्जुश्री फाइनान्सका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था रहेको छ ।

७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० लाख ६०हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।