नेको इन्सुरेन्सको ९९ हजार कित्ता सेयर लिलामीमा

Apr 25, 2018 merolagani

नेको इन्सुरेन्सले हकप्रद बिक्री हुन बाँकी ९९ हजार ९४८ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीको ४ हजार ६३ कित्ता संस्थापक समूह र ९५ हजार ८८५ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्न लागेको हो । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले बैशाख १९ गतेदेखि २६ गतेसम्म शिलबन्दी आवेदन गर्न सकिने व्यवस्था गरेको छ ।

यस कम्पनिको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको सेयर लिलामी एनएमबी क्यापिटल नागपोखरी काठमाडौ र एनएमबी बैंकको शाखा कार्यालय विराटनगर, वीरगंज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रूपैयाँ भन्दाबढी मूल्य गरी बोलकबोल गर्न सकिनेछ । सेयर आवेदन न्यूनतम एक सय र बढीमा आवेदन माग गरिएको सम्पूर्ण सेयर संख्याको लागि शिलबन्दी बोलपत्र गर्न सकिने कम्पनीले जनाकारी गराएको छ ।

शेयर लिलामीपछि बैकको चुक्तापूँजी १ अर्व १७ करोड ६२ लाख ७८ हजार पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।