आजदेखि पाँच सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, एउटा बाघ हट्यो

Apr 25, 2018 merolagani

नेपाल राष्ट्र बैंकले बैशाख १२ गते देखि पाँच सयको नोटमा केहि परिवर्तन गरेर चलनचल्तिमा ल्याएको छ । पुराना नोटमा भएको दुई बाघलाई परिवर्तन गरि नयाँ नोटमा एउटा मात्र पाटे बाघको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ । 

नयाँ चलनचल्तीमा आउने नोट ङ-४६०००००१ नम्बर देखि छ-४०९९९९९९सम्मको नम्बर रहने बैंकले जनाएको छ । 

बैंकले नोटको बायाँतर्फ सगरमाथा हिमाल, दायाँ लालीगुराँसको पानी छाप, तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत बोर्डरमा सिरिएल नम्बर, ३.५ मि.मी चौडा भएको रंग परिवर्तन हुने र कुबेरको चित्र भएको र फरक क्षमता भएका (दृष्टिबिहीनहरु)ले पनि छामेर पत्ता लगाउन सक्ने खालको हुने जानकारी गराएको छ ।

नोटको पछाडिको भागमा अंगे्रजीमा नेपाल राष्ट्र बैंकलेखिएको, तल्लो भागमा रुपिज फाइभ हन्डे«ड र अंग्रेजिमा २०१६ एडि लेखिएको हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।