स्वरोजगार लघुवित्तको मुनाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Apr 29, 2018 merolagani

स्वरोजगार लघुवित्त विकास बैंक (SLBBL) ले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा २ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ । बैंकको खुद मुनाफा गतबर्षको यसै अवधिको भन्दा ३०.८२ प्रतिशतले बढी हो । गत बर्ष बैंकले २ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

लघुवित्तको संचालन मुनाफा तथा ब्याज आम्दानी बढेपछि नाफा बढेको हो । कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ छ भने कम्पनीको जगेडा कोषमा ५ करोड ६५ लाख रुपेयाँ संचित छ ।

चालु बर्षमा लघुवित्तले ६८ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक अर्ब ९७ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

 

लघुवित्तको खराब कजा ०.२७ प्रतिशत छ । कम्पनीले प्रति सेयर आम्दानी २९.०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४६.४७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४६ दशमलव १८ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।