६० करोड चुक्ता पूँजी भएको फाईनान्स कम्पनीको बार्षिक एक रुपैयाँ प्रतिफल

Apr 29, 2018 Merolagani

खराब कर्जा राष्ट्र बैंकले तोकेभन्दा बढी
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको जेबिल्स फाईनान्सले बार्षिक एक रुपैयाँ १७ पैसा प्रतिफल सहित चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । गत बर्ष ८ रुपैयाँ ९६ पैसा रहेको फाईनान्स कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसाले घटेको हो । फार्इनान्सको खराब कर्जाको अनुपातले समेत सीमा नाघेको छ ।

यस अवधिमा फाइनान्सले एक अर्ब ६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ११ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत बर्ष फाइनान्सले एक अर्ब १४ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरि ९ करोड ९७ लाख कर्जा लगानी गरेको थियो ।

फाइनान्सको खुद व्याज आम्दानी भने गत बर्षको तुलनामा १४ लाख ४५ हजारले सुधार आई ४ करोड ५५ लाख आर्जन गरेको देखिन्छ । यद्यपि कम्पनीकाे खर्च र नाेक्सानी व्यवस्थापन गर्न पनि अाम्दानीले नपुगेकाे देखिन्छ ।

कम्पनीको आम्दानी घटेको छ भने निष्कृय कर्जा अनुपात (५.५४ प्रतिशत) राष्ट्र बैंकले तोकेको सीमा नाघ्दा कर्जा नोक्सानी वापत २ करोड ७९ लाख व्यवस्था गरेको छ जसले कम्पनी साढे १३ लाख सञ्चालन नोक्सानीमा पुगेको छ । फार्इनान्सले कुनै खराब कर्जा उठाउन सकेको छैन ।

अन्य सञ्चालन आम्दानी वापत फाइनान्सले २८ लाख र यस अघिको कर बापत झण्डै ४० लाख रुपैयाँ मिलान गरेर नाफामा जोडपछि मात्र कम्पनी ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ।

जेबिल्स फाइनान्स कम्पनीले ९ महिना अवधिमा ५३ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले एक करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले ५ करोड ३० लाख रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ ।

निक्षेप लागत १० प्रतिशत बढी खर्चिएपछि कम्पनीको आधार ब्याजदर १४ प्रतिशत बढी देखिन्छ जसले फाइनान्सबाट ऋण लिन ऋणीले चर्को ब्याजदर तिर्नुपर्ने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।