हाम्राे विकास बैंककाे नाफा बढ्याे, प्रतिशेयर अाम्दानीमा भने गिरावट

Apr 29, 2018 Merolagani

हाम्रो विकास बैंक(HAMRO)ले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा ३ करोड ८७ लाख कमाएको छ । गत बर्षको यही समयमा बैंकको नाफा ३ करोड १० लाख मात्र थियो । खुद नाफा बढेपनि दुर्इ सय प्रतिशत हकप्रद जारी गरेकाले बैंकले चुक्ता पूँजी अनुसारको प्रतिफल दिन सकेको छैन । 

१५ करोड २९ लाखको चुक्ता पूँजीलाई दुर्इ सय प्रतिशत हकप्रदबाट ४५ करोड ८७ लाख पारेपछि बैंककाे पूँजी विस्तारकाे अनुपातमा नाफा बढ्न नसकेपछि समीक्षा अवधिमा प्रतिशेयर आम्दानी अाधा बढी घटेको छ । बार्षिक २७.०३ रूपैयाँबाट प्रतिशेयर आम्दानी ११.२७ रूपैयाँमा झरेको हाे ।

बैंकले १ अर्ब ४९ करोड ८९ लाख निक्षेप संकलन गरि १ अर्ब ४९ करोड १६ लाख कर्जा लगानी गरेको छ । बैंककाे निक्षेप  र कर्जा परिचालन ४७ कराेडले बढेकाे छ । यद्यपि बैंककाे कार्यक्षेत्र नुवाकाेट जिल्ला मात्र रहेकाले पनि बैंकले अपेक्षित व्यवसाय विस्तार गर्न सकेकाे छैन।  विशेष साधारण सभाबाट कार्यक्षेत्र थप गर्ने प्रस्ताव भने बैंकले पारित गरिसकेकाे छ ।

एक कराेड ७६ लाखले खुद ब्याज आम्दानी बढाएको बैंकले खर्च ब्यबस्थापनलाई चुस्त पार्दा खुद नाफा बढेको हो । बैंकले १५ कराेड व्याज अाम्दानी गर्दा ७ कराेड ३८ लाख खर्च गरेकाे हाे । बैंकले यो बर्ष ७ करोड ९६ लाख खुद ब्याज आम्दानी गरेको छ जबकि गत बर्ष खुद ब्याज आम्दानी ६ करोड १९ लाख मात्र थियो । 

यस अवधिमा बैंककाे कर्मचारी खर्च ४७ लाख ४ हजार तथा अन्य सञ्चालन खर्च ४९ लाख ८६ हजारले बढेकाे छ ।  ४ कराेड ८३ लाख रहेकाे बैंककाे जगेडा काेष ११ कराेडमा पुगेकाे छ ।

बैंकको खराब कर्जा घटेको पाइएको छ । समीक्षा अवधिमा खराब कर्जा ०.८९ प्रतिशतबाट ०.६२ प्रतिशतमा झरेको छ । बैंककाे पूँजी काेष अनुपात ३२.४२ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.१८ प्रतिशत र मूल्य अाम्दानी अनुपात १३.१३ गुणा बढी छ । 

comments powered by Disqus