वित्तीय प्रणालीमा आघात पुर्याउनेलाई कारबाही नगर्ने निकायलाई पनि कारबाही हुन्छ : अर्थमन्त्री

May 02, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीलाई आघात पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले गलत काम गर्नेलाई कारबाही नगर्ने निकायलाई नै कारबाही गरिने चेतावनी समेत दिए ।

राष्ट्र बैंक तर्फ इगिंत गर्दे अर्थमन्त्री खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छन् त्यसबाट मुक्त रहन तयार रहन निर्देशन दिँदै वित्तीय स्थायित्व आयो भन्दैमा खुकुलो भएर बस्न नहुने बताए ।

स्थलगत निरिक्षणका कामहरु अगाडि बढाउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकको ध्यानकर्षण समेत गराए ।

'फाइलहरु रोक्काउने, गायब गर्ने र कारबाही नगर्नेहरुलाई सम्बन्धीत निकायले काराबाही गर्छन् । मैले पनि त्यो काम गरिन भने मलाई पनि कारबाही गर्ने निकाय छन् । राष्ट्र बैंकलाई पनि त्यो निकाय हुन्छ, बैंकहरुलाई नि हुन्छ, सरकारी बैंकहरुलाई पनि त्यो निकाय छ, यो कुरा हामीले कान खोलेर सुन्नपर्छ ।' अर्थमन्त्री खतिवडाले भने ।

'दण्डहिनता, वित्तीय प्रणालीमा हुने अपराध असह्य छ । जस्तो सुकै जो सुकैले पनि वित्तीय प्रणालीमा आघात पुर्याउने काम गर्छ भने कानुनी दायरामा ल्याउनुपर्छ, ल्याउन नसक्नेले त्यसको जिम्मेवारी बहन गर्न तयार रहनुपर्छ । म स्पष्ट भन्न चाहान्छु । म अलि सोझो,स्पष्ट र पारदर्शी व्यवहार गर्न चाहान्छु, अरुबाट त्यस्तै अपेक्षा गर्दछु ।' अर्थमन्त्री खतिवडाले भने ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।