किसान माइक्रोको खुद नाफा आधा घट्दा इपिएसमा ३२ रुपैयाँको गिरावट

May 03, 2018 Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) को खुद नाफा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा ५१ प्रतिशले गिरावट आएको छ । गत बर्षको यसै समयमा एक करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा ६३ लाख ३२ हजारमा सीमित भएको हो ।

कम्पनीको चुक्ता पूँजी चार करोड रुपैयाँ तथा जगेडा कोषमा समेत चार करोड आठ लाख सञ्चित देखिन्छ । चालु आवको तेश्रो त्रैमाससम्ममा लघुवित्तले २३ करोड ३६ लाख निक्षेप संकलन गरि ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत बर्षको तुलनामा निक्षेप संकलन १० करोड तथा कर्जा विस्तार ३४ करोडले बढोत्तरी गरेको छ । 

यस अवधिमा १० करोड ब्याज कमाएर ६ करोड ८२ लाख खर्च गर्दा लघुवित्तले तीन करोड ६४ लाख खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत बर्षको तुलनामा ७४ लाखले घटेको छ ।

बढेकाे ब्याज खर्च, कर्मचारी खर्च एक करोडले बढोत्तरी हुनु र निष्कृय कर्जा व्यवस्थापनमा रकम खर्चिदाँ लघुवित्तको सञ्चालन नाफा ७८ लाखमा सीमित भएको देखिन्छ । गत बर्ष कम्पनीले दुई करोड दुई लाख सञ्चालन नाफा कमाएको थियो ।

कम्पनीमा गत बर्ष रहेको ३.२२ प्रतिशत खराब कर्जामा सुधार गरि २.४८ प्रतिशतमा झारेको छ । नाफा घटेसँगै किसान माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी बर्षिक २१.११ रुपैयाँ गरेको देखिन्छ । गत बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ४६ पैसा रहेको थियो ।

चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले २० प्रतिशत बानेस पश्चात कायम चार करोड ८० लाख रुपैयाँको ५० प्रतिशत अर्थात दुई लाख ४० हजार २५० कित्ता हकप्रद सेयर विक्री गर्न सिभिल क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

यो हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ भने आम्दानी बढाउन नसके प्रतिसेयर आम्दानीमा थप संकुचन आउनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।