गण्डकी विकास बैंकको २५% हकप्रद प्राप्त गर्न निवेदन दिनुपर्ने

May 04, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले जारी गरेको २५ प्रतिशत हकप्रद पाउन निवेदन दिनुपर्ने भएको छ । बैंकले हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गरेपश्चात सेयर डिम्याट गर्ने सेयरधनीलाई मात्र निवेदन दिनुपर्ने जनाएको छ ।

गण्डकी विकास बैंकले हकप्रद जारी गर्न गत मंसिर १५ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार मंसिर १५ गतेपश्चात सेयर डिम्याट गर्नेले हकप्रद सेयर प्राप्त गर्न बैंकको सेयर रजिष्ट्रार प्रभू क्यापिटलमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बुकक्लोजभन्दा अगाडि सेयर डिम्याट गराईसकेका सेयरधनीलाई भने बैंकले सेयरधनीकै खातामा हकप्रद वितरण गरेको बताएको छ । बुकक्लोजसम्म अभौतिक सेयर धितो बन्धक राखी सेयर कर्जा लिने सेयरधनीले कर्जा लिएको संस्थाबाट स्वीकृतीपत्र पेश गरेपछि मात्र हकप्रद खातामा जम्मा गरिने जनाइएको छ ।

समयमा नै आफुसँग रहेको सेयर डिम्याट नगराउने सेयरधनीले गण्डकी विकास बैंकमा मात्र अन्य बैंकमा पनि थप झण्झट बेहोर्नुपर्ने निश्चित छ । धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुले वितरण गर्ने बोनस तथा नगद लाभांश सेयरधनीकै हितग्राही खाता वा बैंक खातामा नै वितरण गर्न निर्देशन दिएपश्चात अहिले सबै कम्पनीले यसलाई पालना गरिरहेका छन् ।

यसले एकातिर डिम्याट गराएका सेयरधनीलाई सहज भएपनि भौतिक सेयर धारण गर्ने सेयरधनीलाई भने बोनस र नगद लाभांश प्राप्त गर्न सास्ती थपिएको छ ।

गण्डकी विकास बैंकले गत पुस ७ गते देखि माघ ११ गतेसम्म चार बराबर एक अनुपातमा ४६ लाख ९ हजार ८१५ कित्ता हकप्रद जारी गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।