राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङ्गले लिए शपथ

May 06, 2018 Merolagani

राष्ट्रिय वाणिज्य बैंक(RBB) सञ्चालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्ष महेन्द्रमान गुरुङ्ग नेपाल सरकार सञ्चार मन्त्रालयका सचिव रहेका छन् ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।