मिर्मिरे माइक्रोफाइनान्सले तोक्यो बुक्लोज

May 07, 2018 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) ले साधारण सभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । आगामी जेठ २५ गतेका लागि साधारण सभा बोलाएको लघुवित्तले जेठ २ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

लघुवित्तले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको कमाईबाट ३०.८० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीले प्राप्त गर्नेछन् ।

जेठ २ गते सेयरधनी दर्ता पुस्तिका बन्द हुने भएकाले लघुवित्तको बोनस सुरक्षित गर्न चाहने लगानीकर्ताले जेठ १ गते मंगलबारसम्ममा सेयर किन्नु पर्ने हुन्छ । जेठ २ गते लघुवित्तको बोनस समायोजन भए पश्चात सेयर खरिद गर्नेले बोनस पाउने छैनन् । साथै बोनस भन्दै उचालिएर सेयर किन्नु पनि घातक हुन सक्छ ।

अहिले लघुवित्तको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ रहेको छ । उल्लेखित बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

माईक्रोफाइनान्सको हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता हकप्रद धितोपत्र बोर्डको पाईपलाईनमा छ । कुनै परिमार्जन नभई हकप्रद निष्काशन भएको खण्डमा उसको चुक्ता पूँजी १० करोड २३ लाख रुपैंया पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।