समीट माइक्रोफाइनान्सको खुद नाफा घट्ने कारण यस्ता

May 13, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा समीट माइक्रोफाइनान्सको खुद नाफा २५ प्रतिशतले घटेको छ । गत बर्षको तेश्रो त्रैमासमा तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले दुई करोड ८५ लाख रुपैयाँ आर्जन गरेको हो ।

१७ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको फाईनान्सको जगेडा कोषमा ७ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । फाईनान्सले गत बर्ष भन्दा ३७.३६ प्रतिशले बढाएर ५८ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गर्दा एक अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । 

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ४ करोड ४३ लाख रुपैयाँ बढेर १७ करोड ७० लाख रुपैयाँ पुर्याए पनि फाईनान्सको ब्याज खर्च ११४ प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी ८ करोड १९ लाख रुपैयाँमा मात्र सीमित भएको छ । कम्पनीले ९ करोड ५१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ जबकी गत बर्ष ४ करोड ४२ लाख खर्च गरेको थियो ।

लघुवित्तको कर्मचारी खर्च ९५ लाख अन्य सञ्चालन खर्च ५७ लाख बढेर खुद ब्याज आम्दानी साढे ६५ लाख बढीले घटेपश्चात कम्पनीको नाफा संकुचित गर्ने प्रमुख कारण देखिएको छ।

समीटले कर्मचारी खर्चमा ४ करोड २१ लाख र अन्य सञ्चालन खर्च २ करोड ७ लाख रुपैयाँ गर्दा सञ्चालन मुनाफा ४ करोड ४८ लाख रुपैयाँ भएको छ । जुन गत बर्ष यसै अवधिको भन्दा एक करोड ५० लाख कम हो ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा ०.४१ प्रतिशत, प्रतिसेयर १६ रुपैयाँ ७० पैसा, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९९ पैसा र मूल्यआम्दानी ५५.२१ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।