नागरिक लघुवित्त साढे ११ लाख नोक्सानीमा

May 14, 2018 Merolagani

बनेपाको सागामा केन्द्रीय कार्यालय भए (@NLBSL@) को नागरिक लघुवित्तले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा ११ लाख ६१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

हालै मात्र स्थापना भएकाले लघुवित्तले आफ्नो सेवा विस्तार गर्न नसक्दा नोक्सानीमा देखिएको हो । यस अवधिमा कम्पनीले १७ लाख ५५ हजार कर्जा परिचालनबाट तीन लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आम्दानी गरेको छ । कम्पनी १५ लाख ७६ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ । 

वि.सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।

चुक्ता पूँजी एक करोड ७५ लाख रुपैयाँ रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।