महालक्ष्मी विकास बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

May 14, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले सिटिजन लाइफ इन्स्योरेन्ससँग बैंकाइन्स्योरेन्स सुरुवात गरेको छ ।

महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोह बीच बैशाख २७ गते सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट सिटिजन लाइफको जीबन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

२ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ३ लाख ९० हजार भन्दा बढिरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।