मुक्तिनाथको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल

May 15, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को सञ्चालक समिति बैंठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका पोखरेललाई बैंकले सिइओ बनाएको हो ।

संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पोखरेलले पदभार ग्रहण गरेका हुन् ।

बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवासुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका छन् । सो पश्चात उनी ६ वर्ष मेगा बैंक नेपालमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा फर्किएका थिए ।

बैंकका अध्यक्ष खिम प्रकाश मल्लले प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा वीर अस्पतालको सरसफाईको लागि धुर्मुश सुन्तली फाउन्डेशनलाई १ लाख आर्थिक सहयोग गरेको जनाएका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।