गरिमा विकास बैंकको गरिमा रेमिटले सुरु गर्यो सेवा

May 15, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) ले आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट” सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यसका माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए । 

बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताए । उनले छिट्टै नै गरिमा विकास बैंकले विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने उनको भनाई थियो ।

काठमाण्डौं महानगरपालिका वार्ड नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले बैशाख महिनामा प्रदेश नं. १ का झापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हाल राजधानीमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटीएम संचालनमा रहेका छन । बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयां बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्दैछ । उल्लेखित शाखा कार्यालय स्थापनापश्चात विकास बैंकका कुल शाखा संख्या ६६ पुग्नेछ ।

 

हाल बैंकको चूक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रुपैंया छ । बैंकले २०७५ बैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ । उक्त अवधिसम्म बैंकले ४४ करोड सञ्चालन मूनामा आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।