केवाइसीको अलमलमा सेयर कारोबार,के भन्छन् लगानीकर्ता ?

May 16, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्ने लगानीकर्तालाई मात्र कारोबारमा संलग्न गराउन दिएको निर्देशन कडाईका साथ कार्यान्वयनमा ल्याएपश्चात बुधबार पनि सेयर बजार प्रभावित भएको छ ।

अहिले नेप्सेमा १२ लाख ५० हजार हाहारीमा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता दर्ता भएका छन् । धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उदेश्यका साथ लगानीकर्तालाई केवाईसी अद्यावधिक गराएर मात्र कारोबारमा गराउन दलाल व्यवसायीलाई निर्देशन दिएको हो । 

ब्रोकरहरुले केवाईसी कारोबार रकम घट्नै प्रमुख कारण नभएको बताउँदै गर्दा लगानीकर्ताहरु भने यसबाट धेरै प्रभावित बनेका छन् ।

जे.फ सक्युरिटिजमा भेटिएका प्रोफेसर तथा लगानीकर्ता बिक्रम राज पाण्डे आम सर्वसाधारण मानिसलाई आकाश खसेजस्तो भएको बताउँछन् । धितोपत्र बोर्डले आम लगानीकर्तालाई आवश्यक जानकारी अगाडि गराउन नसक्दा सेयर बजार प्रभावित भएको उनको भनाई छ । पाण्डेले भने हामी सधै कारोबार गर्नेहरुलाई त थाहा भएन उपत्यका बाहिरका सेयर भर्ने थाहा हुने तर कहाँ गएर बिक्री गर्ने भन्ने जानकारी नहुने लगानीकर्ताले यस्ता विषयमा अझै धेरै अप्ठेरो नै छ ।

बाग्लुङबाट काठमाडौं आएर मार्केट सेक्युरिटीजमा भेटिएका बिन्दु थापा नियामक निकायले कुनै एउटा ठाउँमा केवाईसी अपडेट गरेपछि सबैतिर जानकारी गराउनुपर्ने झण्झटबाट लगानीकर्तालाई मुक्त गराउनुपर्ने बताउँछन् । यसले पनि न्यून कारोबार हुने गरेको उनले बताए ।

अर्का लगानीकर्ता अर्जुन श्रेष्ठ केवाईसी लागु गर्नु सकारात्मक कुरा भएपनि एक्कासी सबै लगानीकर्ताको कारोबार रोकिनु ठिक नभएको बताउँछन् । १५ बर्षदेखि कारोबार गरिरहेका र ३ महिना अघि देखि कारोबार गर्ने थालेकालाई एउटै तराजुमा राख्न नहुने उनको तर्क छ । लामो समयदेखि कारोबार गर्नेहरुको व्यक्तिगत विवरण ब्रोकरसँग रहेकाले बोर्डले चाहेमा सजिलै जानकारी पाउनसक्ने उनले बताए ।

जे.फ सक्युरिटिजमा भेटिएका युवा लगानीकर्ता धेरै पहिला केवाईसी लागु हुनुपर्ने बताउँछन् । कहिले काहीँ बजार बढाउने घटाउन ब्रोकरहरुले स्रोत बिनाको ठूलो रकम ल्याएर बजार बढाउने घटाउने कार्य भएको भन्ने सुन्नमा आउने बताउँदै लगानीकर्ताको लगानी पारदर्शी बनाउन पनि यसको आवश्यकता रहेको उनको बुझाई छ ।

मंगलबार ४ अंकले झरेको नेप्से परिसूचक बुधबार ४.१६ अंकले बढेर १३३८.०१ बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत क वर्गको कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स् १ प्रतिशतले बढेर २८२ अंकमा पुगेको छ भने समग्र बजार ०.३१ प्रतिशतले बढेको छ ।

 

बुधबार मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । लघुवित्तको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डबाट बुधबारै स्वीकृत भएपश्चात सेयरमूल्य उकासिएको हो । कम्पनीको ३०.८० प्रतिशत बोनसमा बुधबार नै सेयरमूल्य समायोजन भएको थियो । जनउत्थान, हिमालयन डिस्टीलरी र वोमी माईक्रोफाइनान्सका सेयरधनीले ६ प्रतिशत बढीले कमाएका छन् ।

उता वल्ड मर्चेन्ट एण्ड बैंकिङ्गको सेयरमूल्य सबैभन्दा बढी ४.३१ प्रतिशतले ओरालो लाग्दा मिथिला, श्री इन्भेष्ट, सिर्जना, हिमालयन पावर पार्टनर, र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य तीन प्रतिशतले घटेको छ ।

मंगलबारको तुलनामा ७ करोड बढी २२ करोड २० लाख बराबरको सेयर कारोबार भएको बजारमा कुल १५८ कम्पनीको ४ लाख २३ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १० उप समूहमध्ये उत्पादन र फाइनान्स बाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ । होटल र उत्पादन समूहका उप सूचक २ प्रतिशत बढीले बढ्दा लघुवित्तको सूचक पनि एक प्रतिशत बढीले बढ्यो ।

यस दिन वोमी माइक्रोफाइनान्सको ८ हजार ७१० कित्ता सेयर सबैभन्दा धेरै पटक कारोबार हुँदा एक करोड ५६ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकम,ग्लोबल आइएमई बैंक, इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टड, र एभरेष्ट बैंकको ७० करोड बढीको सेयर खरिद विक्री भयो ।
नेप्से बढेसँगै लगानीकर्ताको सम्पति पाँच अर्बले बढेर १५ खर्ब ७० अर्बमा पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।