संस्थानले चालु आर्थिक तेस्रो त्रैमाससम्ममा एक करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १२२.७२ प्रतिशतले धेरै हो ।गतवर्षको यसै अवधिमा कम्पनीले ६६ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
९३ लाखबाट १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएकोे कम्पनीको जगेडा तथा कोषमा १६ करोेड ४७ लाख रुपैयाँ र जीवन बीमा कोषमा १४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ राखेको छ । कम्पनीले जीवन बीमा कोष गतवर्षको सो अवधिको तुलनामा २५ प्रतिशतले बढाएको हो ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ९९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी यस अवधिमा कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत बर्षको यसैअवधिमा २ अर्ब ९३ करोड दाबी भुक्तानी गरेको थियो । अझै कम्पनीले १७ करोड बढी दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ८३ पैसा छ । कम्पनीको चुक्तापूँजी अत्याधिक मात्रामा बढाएकाले प्रतिसेयर आम्दानीमा भने सन्तुलन देखिएको छैन ।