बजार छिर्ने उपयुक्त बहानाको खोजीमा लगानीकर्ता, सेयरबजारमा सामान्य सुधार

May 17, 2018 Merolagani

पछिल्ला केही दिन यता केवाईसीको बिषयले सेयर कारोबार सुस्ताउदा लगानीकर्ता भने बजार पस्ने उपयुक्त बहानाको खोजिमा लागेका छन् । कारोबार सँगसँगै नेप्से सूचक सुस्त सुस्त गतिमा उकालो लाग्दा सेयरबजारले आशालाग्दो संकेत भने देखाएको छ ।

साताको अन्तिम दिन विहीबार बजार खुल्नासाथ नेप्सेमा झण्डै दोहोरो अंकको सुधार देखियो । सरकारमा रहेका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच आजै एकीकरण हुने तयारी चलिरहँदा बजारले बढ्ने बहाना भटेको थियो । तर यो पुरानै कुरा भएकाले सेयरबजारका खेलाडीहरुले यो बिषयलाई उपयोग गर्न सकेनन् ।

केवाईसी नविकरणगरी कारोबारमा संलग्न हुने लगानीकर्ताहरु दैनिक बढ्दै जादा कारोबार रकममा भने केही सुधार देखिएको छ । जसले गर्दा बजारलाई सकारात्मक राख्न पनि मद्यत पुगेको देखिन्छ ।

नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निमार्णको प्रक्रियामा सरकार रहेको छ । लगानीकर्ता त्यसको प्रतिक्षामा रहेकाले पनि कारोबारमा उच्च रुपले बढोत्तरी आउन नसकेको हो ।

सरकारले यही जेठ ७ गते सोमबार नीति तथा कार्यक्रम र १५ गते बजेट सार्वजनिक गर्देछ । बजेटको समय नजिकिदै गर्दा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिन्छन् । अब केही दिन सेयरबजारमा उतारचढाबको बहाना बजेट बन्ने आंकलन गर्न सकिन्छ ।

अधिकांश कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । सेयरबजारमा वित्तीय विवरणको बहाना लगभग सकिसकेको छ । जसले गर्दा केही दिनयता सेयरबजार स्थिर जस्तो देखिएको छ । विगतका घटनाक्रमहरुलाई हेर्दा सेयर बजारले उकालो वा ओरालो कुन यात्रा तय गर्ने हो त्यसको उपयुक्त बहानाको पर्खाइमा रहेको संकेत गर्छ ।

साताको अन्तिम दिन विहीबार नेप्से १.६४ अंकले बढेर १३३९.६५ अंकमा पुगेको छ । कुल १५४ कम्पनीको कारोबार भएको बजारमा २८ करोड ५४ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ६ करोड बढी हो ।

यसदिन कारोबार आएका दश समूहमध्ये पाँच समूहका उप सूचक बढेका छन् भने पाँच समूहका घटेका छन् । वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत र बीमा कम्पनीका सूचक उकालो लाग्दा व्यापार, वित्त, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको सूचक ओरालो लागेको छ ।

विहीबारको बजारमा सबैभन्दा धेरै वोमी माइक्रोफाइनान्सको २ करोड १३ लाख बराबरको सेयर किनबेच भयो । सेयर संख्याका हिसाबले नेपाल बैंकको सबैभन्दा धेरै २७ हजार ७२४ कित्ता कारोबार भयो । कर्णाली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतकादरले कमाउँदा मिसन डेभलपमेन्ट र राधी हाइड्रोका लगानीकर्ताले चार प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।