सुर्योदय लघुवित्तले २८ हजार कित्ता शेयर लिलामी गर्ने

May 20, 2018 Merolagani

सुर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) ले संस्थापक तथा सर्वसाधारण समुह तर्फको २८ हजार ८२ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको संस्थापक तर्फको ८ हजार ४ सय कित्ता र सर्वसाधारण तर्फको १९ हजार ६८२ कित्ता शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लिलामीको शेयरमा जेठ १३ गते देखि २० गते सम्म शिलबन्दी बोलपत्र पेशगर्न सकिनेछ ।

लगानीकर्ताले न्युनतम प्रतिशेयर एक सय रुपैयाँ वा सो भन्दा बढि मुल्य तोकि बोलकबोल गर्नुपर्ने छ । न्युनतम १०० कित्ता वा त्यस भन्दा बढि १० अंकले भाग जाने संख्यामा आबेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड, राष्ट्रिय नाचघर जमल, ग्लोबल आइएमई बैंकका वीरगंज, बनेपा, हेटौडा, पोखरा सभागृह चोक, बुटवल मिलनचोक, विराटनगर, नेपालगंज त्रिभुवन चोक, सुर्खेत र धनगढिका शाखाहरुमा ओदन दिन सकिनेछ । यस्तै सुर्योदय लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यलयकामा पनि आवेदन दिन सकिनेछ ।

गत विहीबार नेप्सेमा कम्पनीको प्रतिशेयर १४८६ रुपैयाँमा कारोबार भएको थियो ।

सूर्योदयले गत फागुन २५ गतेदेखि चैत २९ गते सम्म ७० प्रतिशत अर्थात २ लाख ८० हजार कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।