सेन्ट्रल फाईनान्सको सेयर तेश्रो पटक लिलामीमा

May 21, 2018 Merolagani

सेन्ट्रल फाईनान्स (CFCL) को संस्थापक सेयर तेश्रो पटक लिलामीमा आउने भएको छ । दोस्रो पटक विक्री गर्दा समेत सबै विक्री नभएपछि फाइनान्सले जेठ १४ गतेदेखि तेश्रो पटक लिलामी खोल्ने जनाएको छ ।

फाइनान्सको सेयर विक्री प्रबन्धक एनआईबिएल एक क्यापिटल मार्फत ९ लाख ८१ हजार ७०८ संस्थापक सेयरका लागि लगानीकर्ताले जेठ २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

साथै लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगञ्ज, वीराटनगरबाट शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ ।

त्यसैगरि, इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, धनगढी र सेन्ट्रल फाईनान्सको केन्द्रीय कार्यालय कुपण्डोलबाट पनि आवेदन बुझाउन सकिने छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सक्ने जनाएको छ ।

फाईनान्सको प्रतिकित्ता सेयर मूल्य १२८ रुपैयाँमा कारोबार भएकाे छ । चालू अावकाे तेश्राे त्रैमासमा फाइनान्सले चार कराेड ५३ लाख रूपैयाँ खुद नाफा अार्जन गरेर प्रतिसेयर अाम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।