विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा अन्तरक्रिया

May 21, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

C5# जेठ ५ गते आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक, विदेशी विनिमय प्रमुख तथा प्रमुख अथिति नेपाल भिष्म राज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे जानकारी गराएका थिए ।

राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र सहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्ध सहभागि मनि चेञ्जरलाई जानकारी दिए ।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको वताए ।

सो अवसरमा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरे ।

हालै ज्योति रेमिट सेवा पनि सञ्चालनमा ल्याएको बैंकको चाँडै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने जनाएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

दुई अर्ब ५९ करोड चुक्ता पूँजी रहेको बैंकले एक लाख ५० हजारभन्दा बढि खाताबाट १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १३ अर्ब ८५ करोड ऋण लगानी गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।