बुटवल पावरको २० प्रतिशत नगद लाभांश पारित

May 22, 2018 Merolagani

बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारणले  सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना सञ्चालकहरुको प्रतिनिधित्व हुने व्यवस्था गर्दै सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

मंगलबार सम्पन्न कम्पनीको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.ब. २०७३/७४ को लेखापरिक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु तथा आ.ब. २०७४/७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

साथै, एफपिओ निष्काशन पश्चात् सर्वसाधारण शेयरधनीहरुको शेयरको अनुपात अनुसार सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना सञ्चालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम १६(क) (ख) (ग) संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यस कम्पनीले हालै आफ्नो चिनिया साझेदारहरुसँगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मर्स्याङ्दी नदीमा ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका शेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा छ ।

त्यसैगरी कम्पनीले इन्फ्राको एसियासँगको संयुक्त लगानीमा ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना तथा स्थानीय साझेदारसँगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

मनाङको ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको तथा १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।