ग्रीन डेभलपमेन्ट बैंकको साढे ६ लाख कित्ता सेयरमा लिलामी खुल्याे

May 24, 2018 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले जेठ १० गते बिहीबारदेखि हकप्रदमा बिक्री नभएको सेयरकाे लिलामी खुला गरेकाे छ । बैंकले चार सय प्रतिशत हकप्रदमा सबै सेयर बिक्री नभएपछि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलाम बढाबढमा इच्छुक लगानीकर्तालार्इ अाजदेखि विक्री गर्न लागेकाे हाे ।

ग्रीन डेभलपमेन्ट बैंकले यसअघि माघ १० देखि फागुन २३ गतेसम्म ४०० प्रतिशत हकप्रद जारी गरेकाे थियाे । साे समयमा ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक र ३ लाख १३ हजार ७१३ कित्ता साधारण सेयरमा माग आवेदन नपरेपछि लिलामी मार्फत विक्री गर्न लागेको हो ।

लिलामीका लागि इच्छुकले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्सको साथै तल उल्लेखित स्थानबाट जेठ १० देखि १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बैंकको सेयरमूल्य बुधबार प्रतिकित्ता १५३ रुपैयाँमा कारोबार भएको छ । ४० कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे बैंकले चालू आवको तेश्रो त्रैमासमा २५ लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।