नेप्से घटेपनि ७७ प्रतिशतले बढ्यो कारोबार रकम

May 25, 2018 Merolagani

सेयर बजार परिसूचक नेप्से पाँच कारोबार दिन नै घटेपनि कारोबार रकममा भने गत साताको तुलनामा ७७.७१ प्रतिशतको सुधार देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.४३ अंकले घटेर अन्तिम दिन १३१८.२२ अंकमा झरेको छ ।

गत साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएकोमा यस साता एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भए ।

यस साता नेप्सेमा १८३ कम्पनीहरुको ४१ लाख ३७ हजार ४३० कित्ता सेयरहरु १९ हजार ७१३ पटक कारोबार भएको छ । गत साता १७६ कम्पनीहरुको १४ हजार २६ पटक कारोबारबाट २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए

यस साता कारोबार रकम र कारोबार संख्या सबैमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको तीन लाख ९६ हजार कित्ता सेयर ७२९ वटा कारोबारबाट २२ करोड ८५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

उत्कृष्ट पाँच कारोबार गर्ने कम्पनीमा स्वरोजगार लघुवित्त, लक्ष्मी बैंक, कालिका माईक्रोक्रेडिट लघुवित्त र नेपाल बैंकको उच्च कारोबार भएको छ ।

स्वरोजगारको ६ करोड ९९ लाख, लक्ष्मी बैंक ५ करोड ८३ लाख, कालिका माईक्रोक्रेडिटको पाँच करोड ३६ लाख र नेपाल बैंकको ४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भयो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा आईपुगेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।