'चरो मुसाको जस्तो चारो खोजेर दिन विताउनुपर्ने स्थितिको अन्त्य हुन्छ' : प्रम ओली

May 27, 2018 Merolagani

प्रधानमन्त्री  केपी शर्मा ओलीले अब आम नेपालीको जीवनस्तरमा सुधार आउने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अब आम सर्वसाधारण जनताले  चरा र मुसाको जस्तो चारोको खोजीमै दिन विताउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र नभई मुलुकलाई आर्थिक रुपान्तरणमा लगिने बताए । सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी रहेपनि असम्भव कुरा केही नरहेको उनको भनाई थियो ।

नेपालमा अबको केही वर्ष भित्रै सबै नागरिकलाई कम्तिमा दुई खान लाउन, छोराछोरी पढाउन पुग्ने गरी आर्थिक हैसियत बनाउने काममा सरकार लाग्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले केही बर्षभित्र रेल तथा पानी जहाजमा पनि चलाउने बताएका छन् । काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको बताउदै काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए ।

त्यस्तै काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए उनले काठमाडौँमा ३ वर्षभित्रै मेट्रो रेल चल्ने दाबी गरे ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।