वित्तीय क्षेत्रको कुल दायित्व संरचनामा बैंक तथा वित्तीय क्षेत्रको योगदान ८८.५ प्रतिशत

May 28, 2018 Merolagani

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणले वित्तीय क्षेत्रको कुल सम्पत्ति दायित्व संरचनामा सबै भन्दा बढी योगदान बैंक तथा वित्तीय संस्थाहरुको रहेको तथ्याङ्क सार्वजनिक भएको छ । २०७४ असार मसान्तमा बैंक तथा वित्तीय क्षेत्रको योगदान ८८.५ प्रतिशत रहेको अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

  बैंक तथा वित्तीय क्षेत्र अर्न्तगत  नेपाल राष्ट्र बैंकको २२.३ प्रतिशत तथा वाणिज्य बैंकहरुको ५४.९ प्रतिशत योगदान रहेको छ । यस्तै विकास बैंकको ५.९ प्रतिशत, वित्त कम्पनीको १.७ प्रतिशत र लघुवित्त संस्थाहरुको २.३ प्रतिशत योगदान रहेको छ ।

बीमा कम्पनीको ४ प्रतिशत, नागरिक लगानी कोषको २.१ प्रतिशत, कर्मचारी सञ्चय कोषको ५.३ र सहकारी तथा वित्तीय गैर सरकारी संस्थाको एक प्रतिशत योगदान रहेको छ ।

बैंकिङ्ग क्षेत्र र सम्झौता मुलक बचत परिचालन गर्ने संस्थाहरुको कुल सम्पत्ति/दायित्व कुल गार्हस्थ उत्पादन सँगको अनुपात १८१ प्रतिशत रहेको छ ।

२०७४ फागुन मसान्त सम्ममा २८ वाणिज्य बैंक, ३६ विकास बैंक, २५ वित्त कम्पनी तथा ६४ लघुवित्त संस्था गरी १५३ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

यसका साथै नेपाल राष्ट्र बैंकवाट सीमित बैंकिङ्ग कारोबार गर्न इजाजत प्राप्त १४ सहकारी र २४ गैरसरकारी संस्था सञ्चालनमा रहेका छन् ।

साथै ३९ बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक लगायतका संस्थाहरु सञ्चालनमा रहेकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।