कर्णाली डेभलपमेन्ट बैंकले बोलायो विशेष साधारण सभा, लिलामी शेयर सबै आवेदकलाई

May 29, 2018 Merolagani

कर्णाली डेभलपमेन्ट बैंक (KRBL) ले विशेष साधारण सभा बोलाएको छ । बैंकले यही जेठ ३१ ग्ते साधारण साभा बोलाएको हो । साथै बैंकले हकप्रदमा नबिकेर लिलाम गरेको सेयर सबै आवेदकलाई बाँडफाँड गरेको छ । 

बैंकले अर्को साधारण सभा नहुञ्जेलसम्मका लागि संस्थापक सञ्चालक नियुक्त गर्न विशेष साधारण सभा बोलाएको हो । नेपालगञ्जमा हुने साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २१ गतेदेखि सेयरधनी दर्ता पुतिका बन्द गर्नेछ । 

बैंकले लिलामीबाट सेयर बेच्ने क्रममा सबै आवेदकलाई सेयर बितरण गरेको छ । साधारण र संस्थापक गरी बैंकको १७ लाख ६२ हजार कित्ता शेयर मा बाडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको ९ लाख ३७ हजार ७ सय कित्ता संस्थापक सेयर न्यूनतम १०१ रुपैयाँ कबोल गर्ने सबै आवेदकलाई बितरण गरिएको हो । संस्थापक सेयरका लागि १० जनाले आवेदन दिएका थिए ।
बैंकको १४ लाख ६१ ह्जार २७० कित्ता साधारण सेयरमा आवेदन गरेका १६५ जनाले नै सेयर पाएका छन् । उनीहरुले बैंकको साधारण सेयरमा न्युनतम १२५ रुपैंयाको बोलकबोल गरेका थिए
योसँगै बैंकको चुक्ता पूँजी ४९ करोड रुपैयाँ नाघेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।