एभरेष्ट इन्स्योरेन्स र बरुण हाइड्रोपावरको बोनस वितरण,बोनस नपाउनेले के गर्ने ?

May 29, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) र बरुण हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाएको जनाएका छन् ।

एभरेष्टले १० प्रतिशत र बरुण हाइड्रोपावर कम्पनी (BARUN) को ५ प्रतिशत बोनस सेयर साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने समयसम्म डिम्याट गराएका सेयरधनीलाई पठाएका हुन् । 

एभरेष्ट इन्स्योरेन्सको दुई लाख दुई हजार ५ सय कित्ता र बरुण हाईड्रोपावरको एक लाख २१ हजार ५ सय कित्ता बोनस सेयर बितरण गरेका थिए ।

भौतिक सेयर धारण गरेका लगानीकर्ता तथा साधारण सभाका लागि बुकक्लोजपछि डिम्याट गरेका सेयरधनीको बोनस सेयर भने सम्बन्धित कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय वा कुनैपनि निक्षेप सदस्य मार्फत सेयर अभौतिकिकरण गरेपश्चात क्रमश पठाउँदै जाने दुबै कम्पनीले जनाएका छन् ।

एभरेष्ट इन्स्योरेन्सको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल र बरुण हाईड्रोपावरको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेका छन् ।

सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृती पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा गरिने क्यापिटलले जनाएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।