बजेटको फाइल च्यापेर अर्थमन्त्रालयबाट मुस्कुराउँदै निस्किए अर्थमन्त्री

May 29, 2018 Merolagani

हालसम्मकै शक्तिशाली सरकारले आज आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ । महत्वकांक्षी प्रधानमन्त्रीका विज्ञ अर्थमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली' को नारा पुरा गर्न कस्तो बजेट ल्याउलान् सर्वत्र चासो र कौतुहलताको बिषय रहेको छ ।

नियमन निकायमा रहँदा कठोर मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बारे सूचना चुहावटमा पनि सजगता अपनाएकाले पनि बजेटमा के के छन् भन्ने कौतुहलता बढेको पाइएको छ ।

अर्थमन्त्री खतिवडाले आफु सँगसँगै बजेटको फाइल समेत बोकेर हिडेका छन् । आजै मन्त्रिपरिषदले बजेट पारित गरेपछि अर्थमन्त्री खतिवडाले चार बजे संसदमा सार्वजनिक गर्नेछन् ।

यो सरकारले झण्डै १६ खर्ब रुपैयाँको बजेट ल्याउने आँकलन गरिएको छ ।

 

यस्तो आउँदैछ आगामी बर्षको बजेट, सेयरबजार विस्तार गरिने

 

comments powered by Disqus