आयकरमा २० हजार रुपैयाँसम्म स्वास्थ्य बीमा प्रिमियमको रकम घटाउन पाइने

May 30, 2018 Merolagani

स्वास्थ्य बीमालाई प्रोत्साहन गर्ने सरकारले आयकर गणना गर्दा २० हजार रुपैयाँ वा नागरिकले भुक्तानी गरेको कूल बार्षिक प्रिमियम जुन कम हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाएर बाँकी रहेको रकममा मात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ ।

नागरिकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति सचेत गराउँदै हरेक नागरिकलाई स्वास्थ्य बीमा गर्ने प्रोत्साहित उदेश्यले सरकारले स्वाथ्य बीमा वापत भुक्तानी गरेको प्रिमियम रकम उसले आयकर गणना गर्दा घटाउन पाउने व्यवस्था गरेको हो । 

यस्तो छुट पाउन नेपालका कुनै पनि बीमा कम्पनीसँग स्वाथ्य बीमा गरेको हुनु पर्नेछ । यसले एकतिर आम नागरिकमा स्वाथ्य बीमा गर्न प्रोत्साहित गर्नेछ भने अर्कोतिर हाल १० प्रतिशत भन्दा कम रहेको बीमाको पहुँच बढ्नेछ ।

यसले नागरिकले स्वास्थ्य बीमाको लाभ एकातिर प्राप्त गर्नेछन् भने अर्कोतिर कुल करयोग्य रकममा २० हजार रुपैयाँसम्म कट्टी गरेर कर तिर्दा पुग्ने भएपश्चात दोहोरो लाभ प्राप्त गर्ने भएका छन् ।

सरकारको यस नीतिले बीमा कम्पनीहरुको व्यवसाय विस्तारको सम्भावनालाई पनि ह्वात्तै बढाएको छ । हालै निकै थाेरै मात्रामा हुँदै आएको स्वाथ्य बीमा आम मानिसहरुको पहूँचमा पुर्याउन सकेको खण्डमा आगामी आर्थिक बर्षमा बीमा कम्पनीहरुले उल्लेख्य व्यापार विस्तार गर्नसक्ने देखिन्छ ।

हाल तीन लाख ५० हजार रूपैयाँसम्म अाय भएका नागिरकले बार्षिक तीन हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै तीन लाख ५० हजारदेखि चार लाख ५० हजारसम्म अाय गर्नेले तीन हजार ५०० र तीन लाख पचास हजार रूपैयाँमाथिकाे रकमकाे थप १० प्रतिशत अायकर तिर्नुपर्छ ।

चार लाख ४० हजार अाय गर्नेले १३ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै चार लाख ५० हजारदेखि ६ लाख ५० हजारसम्म अाय गर्नेले १३ हजार ५०० र चार लाख पचास हजार रूपैयाँमाथिकाे रकमकाे थप २० प्रतिशत अायकर तिर्नुपर्छ ।

बार्षिक ६ लाख ५० हजारसम्म अाय गर्नेले ५३ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्छ । ६ लाख ५० हजारदेखि २० लाखसम्म अाय गर्नेले ५३ हजार ५०० र ६ लाख ५० हजार रूपैयाँमाथिकाे रकमकाे थप ३० प्रतिशत अायकर तिर्नुपर्छ ।

बजेटले २० लाख अार्य गर्नेले ४ लाख ५८ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था गरेकाे छ ।२० लाखभन्दा बढी अाय गर्नेले ४ लाख ५८ हजार ५०० रूपैयाँ र २० लाख रूपैयाँमाथिकाे रकममा थप ३६ प्रतिशत अायकर तिर्नुपर्ने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।