वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद बिक्री खुल्याे

May 30, 2018 Merolagani

वोमी माइक्रोफाइनान्स(WOMI) को ३० प्रतिशत हकप्रद बुधबारदेखि निष्काशन भएको छ । कम्पनीले १० बराबर तीन कित्ता अनुपातमा दुई लाख ३३ हजार ३८० कित्ता हकप्रद बिक्री खुल्ला गरेको हो ।

जेठ ३ गतेसम्म कायम रहेका माईक्रोफाइनान्सका सेयरधनीले यस हकप्रदमा असार १९ गते सम्म आवेदन गर्न सक्नेछन् । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत सेयरधनीले आवेदन दिन सक्नेछन् । 

त्यसैगरि कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नक्साल, वोमी माइक्रोफाइनान्सको कार्यालय खानिखोला धादिङ, तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन दिन सकिने जनाइएको छ ।

चालू आर्थिक बर्षको तेश्रो त्रैमासका लघुवित्तले दुई करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६० पैसा कायम गरेको छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य १५२८ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।