नेपाल बैंक एफपिओ निष्काशनको प्रस्ताव लिएर पुग्यो धितोपत्र बोर्ड

May 31, 2018 Merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले थप सार्वजनिक निष्काशन (एफपिओ ) निष्काशनको प्रस्ताव लिएर धितोपत्रबोर्डमा आवेदन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँ एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको मूल्यमा नियामक नेपाल धितोपत्र बोर्डले एफपिओ निष्काशन गर्न अनुमति दिए मात्र उक्त मूल्यमा एफपिओ बिक्रीमा आउनेछ । बैंकले प्रस्ताव गरेको मूल्यमा बोर्डले पुर्नरविचार पनि गर्न सक्छ ।

बैंकले गत साधारणसभा बाट एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । त्यस्तै १० वटा क्यापिटलले बैंकले निष्काशन गर्ने एफपीओको सबै शेयरको प्रत्याभुति( अन्डरराईटिड.) गर्ने भएका छन् ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। त्यस्तै प्रिमियम रकम जगेडा कोषमा थपिनेछ ।

हाल बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपिओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ छ । हाल दोस्रो बजारमा हाल कारोबार भईरहेको उसको शेयर मूल्य ३३३ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।