एलआईसी नेपाल तीन अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित

May 31, 2018 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरशन नेपाल (LICN) ले जीवन बीमा क्षेत्रमा महत्वुर्ण योगदान पुर्याएको बापत अन्तराष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड, २०१८’ अन्तर्गत बेष्ट सर्भिस प्रोभाइडर इन लाईफ इन्स्योरेन्स, बेष्ट कस्टुमर ओरेन्टेसन इन लाइफ इन्स्योरेन्स र वेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अर्वाड गरि तीन बीधामा अवार्ड पाउन सफल भएको हो ।

एशिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएको अवार्ड कार्यक्रम गत जेठ १४ गते थाईलैण्डमा सम्पन्न भएको थियो ।

विभिन्न देशहरुको बीमा नियामक निकायका प्रतिनिधिहरु र बीमा कम्पनी प्रतिनिधिहरुको रहेको उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरेको हो ।

नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपाली बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको एलआइसीमा का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले बताए ।

एलआईसी नेपालको गुणस्तरीय सेवा र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरुप एसिया महादेशकै यो सम्मानित अन्र्तराष्ट्रिय अवार्ड पाएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।