सिटी एक्सप्रेस फाइनान्सले १६७% हकप्रद जारी गर्ने, कति पुग्छ पूँजी ?

Jun 03, 2018 Merolagani

सिटी एक्सप्रेस फाइनान्स कम्पनी (CEFL) १६७ प्रतिशत अर्थात एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न फाइनान्स कम्पनीले जेठ ११ गते निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ ।

साबिकको कुबेर मर्चेन्ट एफण्ड फाइनान्स कम्पनी समस्याग्रस्त भएपछि सिटी समुहले फाइनान्सको बहुमत सेयर खरिद गरि पूर्नजागरण गरेपश्चात फाइनान्स गतेदेखि नियमित सञ्चालनामा आएको थियो ।

राष्ट्र बैंकले २०७५ मंसिरसम्ममा फाइनान्सलाई ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन दिएको निर्देशन अनुसार फाइनान्स कम्पनीले २५ लाख कित्ता सेयर जारी गर्ने भएको छ । फाइनान्सको बैशाख ३१ गते सम्पन्न १२ औं बार्षिक साधारण सभाले सो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी २८ करोड दुई लाख २५ हजार रुपैयाँ रहेको छ । २५ करोडको हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड दुई लाख २५ हजार रुपैयाँ पुग्नेछ भने २६ करोड ९७ लाख ७५ हजार रुपैयाँ थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

फाइनान्सले चालू आवको तेश्रो त्रैमासमा तीन करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८८ पेसा कायम गरेको छ । हाल कम्पनीको सेयरमूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।