एशियन लाईफले ६० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी दुई अर्ब पुर्याउने

Jun 03, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को १० औं बार्षिक साधारण सभाले ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न गत आर्थिक बर्षको चार प्रतिशत बोनस पश्चात कायम पूँजीमा उक्त परिमाणको हकप्रद जारी गर्ने भएको हो ।

केही महिना अगाडि मात्रै ५० प्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको चार प्रतिशत बोनस पश्चात चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम हुनेछ ।

त्यस पश्चात उक्त पूँजीको ६० प्रतिशत बराबर अर्थात ७५ करोड ४० लाख ३५ हजार रुपैयाँको हकप्रद बिक्री गर्ने कम्पनीको योजना छ । हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड ७ लाख ६० हजार पुग्नेछ ।

इन्स्योरेन्सले २ अर्बबाट बढाएर अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले चैत्र मसान्त सम्ममा १२ अर्ब ९ करोड को जीवन बीमा कोष र १२ अर्ब २८ करोड लगानी तथा कर्जा रहेकोे छ ।

 

त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख मसान्त सम्ममा कूल २ अर्ब १६ करोड १४ लाख बीमाशुल्क आर्जन गरीसकेको प्रमुख कार्यकारी अघिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

कम्पनीले २८ वटा शाखा तथा ६९ वटा उपशाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।